बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले ८० जना कर्मचारी माग गरेको छ। अस्पतालले नवौंतहका कन्सल्टेन्टदेखि चौथौ तहसम्मका ८० पदमा करार कर्मचारी आह्वान गरेको हो।
जसमध्ये सबैभन्दा बढी मेडिकल अधिकृत २० जना र स्टाफ नर्स २३ जना माग गरेको छ।
अस्पतालले नवौं तहका कन्सल्टेन्ट रेडियोलोजिष्ट, कन्सल्टेन्ट प्याथोलोजिष्ट, कन्सल्टेन्ट मेडिकल जनरालिष्ट, कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट, कन्सल्टेन्ट गाइनोकोलोजिष्ट, कन्सल्टेन्ट नेफ्रोलोजिष्ट, कन्सल्टेन्ट न्युरो सर्जन, कन्सल्टेन्ट ग्याष्ट्रोइन्टेरोलोजिकल सर्जन, मेडिकल ल्याब टेक्निसियन उपप्रमुख माग गरेको हो।
यस्तै आठौं तहमा मेडिकल अधिकृत, सातौं तहमा मेडिकल ल्याब टेक्निसियन, वरिष्ठ फिजियोथेरापिष्ट, इलेक्ट्रिकल इन्जिनियर, वरिष्ठ अडियोलोजिष्ट, वरिष्ठ मेडिकल रेकर्डर अधिकृत, बायोमेडिकल इन्जिनियर र वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट माग गरेको छ।
यस्तै पाँचौ तहमा हाउस किपिङ सुपरभाइजर, स्टाफ नर्स, फार्मेसी सहायक, फिजियोथेरापी सहायक, मर्मत सहायक टेक्निसियन, डाइटिसियन सुपरभाईजर, कम्प्युटर अपरेटर र चौथो तहमा डेन्टल हाइजिनिष्ट र अहेब माग गरेको छ।