बुटवल-गोदरेज एप्लाएन्सले चाडपर्व लक्षित गरी हेल्दी फर यु, हेल्दी फर प्लानेटको नारासहित २५ प्रतिशतसम्मको क्यासब्याक अफर ल्याएको छ।
नेपाली बजारमा रुचाइएको घरायसी सामग्रीहरुको ब्राण्ड गोदरेजले चाडपर्वमा सामान खरिद गर्ने उपभोक्तालाई यो अफर दिने जनाएको छ । गोदरेजका सिंगल र डबल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजरजस्ता घरायसी सामग्री बजारमा उपलब्ध रहेको गोदरेजले जनाएको छ।
गोदरेजले आफ्नो नयाँ उत्पादनलाई अग्रसर गर्दै Viroshield भन्ने नयाँ सामग्री उत्पादन गरेको छ। नेपाली बजारमा पनि उक्त Viroshield को बिक्री वितरण शुरू गरिएको गोदरेजले जनाएको छ।
अहिलेको महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै, गोदरेजले उक्त Viroshield उत्पादन गरेको जनाएको छ। सो Viroshield ले २ देखि ६ मिनेटमा कोरोना भाइरस संक्रमणमुक्त गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ।
Viroshield मा विभिन्न वस्तु जस्तै खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, ट्याब्लेट, गरगहना, घडी, चस्मा, चाबी, जुत्ता, किताबलगायतलाई निसंक्रमण गर्दछ। उक्त Viroshield 30L को क्षमतामा नेपाली बजारमा पाईन्छ। गोदरेज ब्रान्डको अधिकारिक बिक्रेता, चौधरी ग्रुपअन्तर्गत सीजी इओएल रहेको छ।