बुटवल-लोक सेवा आयोगले लकडाउनका बेला स्थगित गरेका परीक्षाहरू सञ्चालनका लागि परीक्षा तालिका प्रकाशन गरेको छ। आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बा वा सो सरहका पदको परीक्षाको तालिका निकालेको हो।
सूचनामा आयोगले भनेको छ-‘कोरोना महामारीका कारण स्थगित परीक्षा आयोगको असोज ८ को निर्णयबाट सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी देहायअनुसार नयाँ परीक्षा कार्यक्रम तोकिएको सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ।’ आयोगका अनुसार परीक्षा कात्तिक १८ देखि सुरू हुनेछन्।
लोकसेवा आयोगको परीक्षा नखुल्दा लोकसेवाको तयारी गरेका विद्यार्थीहरुले सुरक्षित तरिकाले परीक्षा शुरु गर्न माग गर्दै आएका थिए।
लोकसेवा आयोगको सूचना