बुटवल-लोक सेवा आयोगले मङ्सिरको अन्तिम बुधवार(भोलि) अप्राविधिक अधिकृतको विज्ञापन गर्दै छ । आयोगको वार्षिक तालिकाअनुसार नै विज्ञापन खुल्न लागेको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत पदमा पदपूर्तिका लागि आयोगमा पठाएसँगै कार्यतालिकाअनुशार नै विज्ञापन प्रकाशित हुने भएको हो ।
स्रोतका अनुसार ४ सयको हाराहारीमा विज्ञापन हुने छ।