बुटवल- लोक सेवा आयोगले देशभर ४ सय बढी नायब सुब्बा पदका लागि विज्ञापन गरेको छ। आयोगले सुचना प्रकाशित गरी राजपत्र अनंकित प्रथम श्रेणीको लागि आवेदन माग गरेको हो। ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि तथा खुल्ला पदपूर्तिका लागि विज्ञापन गरिएको हो ।
आयोगको बुटवल कार्यालयबाट ५२ वटा पदको लागि दरखास्त आवहान गरिएको छ। जस अनुसार खुल्ला तर्फ २८ जनाको आवेदन माग गरिएको छ । खुलामा सामान्य प्रसासन तर्फ १५, न्याय समुहमा ७, सरकारी वकिल १, लेखामा २ र राजस्वमा ३ जना माग गरिएको छ। महिलाको लागि ७ वटा कोटा छुट्याइएको छ । जस अनुसार न्यास समुह तर्फ १, समान्य प्रसासनमा ४, लेखा र राजस्वबाट १- १ जना छनोट हुने छन्।
आदिबासी जनजाती तर्फ सामान्य प्रसासनमा १, न्याय र राजस्व समुहमा १-१ जनाको लागि आवेदन खुलेको छ। मधेशी समुदायको लागि सामान्य प्रसासनमा ३, न्याय तर्फ २, सरकारी वकिल १ जना र राजस्वको १ जना माग गरिएको छ। दलित तर्फ सरकारी वकिल र प्रसासनमा गरी २ जना, अपांग तर्फ लेखामा १ जना र पिछडिएको क्षेत्रमा न्यायमा र सामान्य प्रसासनमा १-१ जनाको लागि आवेदन खुलेको हो।
आवेदकले माघ २० गतेसम्म अनलाइनमार्फत दर्खास्त बुझाउन सकिने छ। दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्मको म्याद दिइएको छ। दरखास्त दस्तुर प्रत्येक समूहका लागि ४०० सय र थप समूहका लागि २०० थप दस्तुर बुझाउनु पर्ने छ । परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क, एनआइसी एसिया बैङ्क र कुमारी बैङ्कबाट बुझाउन सकिने छ ।