चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले आगामी ४ मार्चमा आफ्नो नयाँ रेड्मी नोट टेन सिरिज सार्वजनिक गर्दैछ । यस सिरिज अन्तर्गत रेड्मी नोट टेन र रेड्मी नोट टेन प्रो स्मार्टफोन बजारमा आउने अपेक्षा गरिएको छ ।
आधिकारिक रुपमा नयाँ सिरिज सार्वजनिक हुनु अघि नै त्यसमा १०८ मेगापिक्सेलको क्यामेरा हुने विषयको भने खुलासा भएको छ । साओमी इन्डियाका प्रमुख मनु कुमार जैनले ट्वीटमार्फत त्यस विषयमा जानकारी बाहिर ल्याएका हुन् ।
उनको ट्वीटअनुसार रेड्मी नोट टेन सिरिज फ्ल्यागशिप १०८ मेगापिक्सेल क्यामेरा सेन्सरका साथ आउनेछ । यद्यपी रेड्मी टेन सिरिजका प्रो तथा म्याक्स भेरियन्टमा मात्र १०८ मेगापिक्सेलको क्यामेरा हुनेछ अथवा सबै स्मार्टफोनमा रहनेछ भन्ने कुरा हालसम्म स्पष्ट भइसकेको छैन ।
गत वर्ष कम्पनीले सार्वजनिक गरेको रेड्मी नोट नाइन प्रो म्याक्स ६४ मेगापिक्सेलको क्यामेरा सहित बजारमा आएको थियो । जब कि रेड्मी नोट नाइन प्रोको नियमित भेरियन्टमा केवल ४८ मेगापिक्सेल क्यामेरा दिइएको थियो ।