बुटवल । नेपालको अनलाइन बजार दराजले अनलाइन पेमेन्ट गर्दा १५ प्रतिशत छुट दिने भएको छ । माछापुच्छे बैंक, मेगा बैंक र हिमालयन बैंक सँग साझेदारीमा जुन १७ देखि सुरु गरेको दराजले बैंक डेज अफर अन्तर्गत उक्त छुट दिने निर्णय गरेको हो ।
अफर अनुसार ग्राहकहरुले यी बैंकका कार्डबाट प्री–पेमेन्ट गरेमा १५% रु ५०० सम्मको छुट पाउन सक्ने दराजले बताएको छ ।
यस्तै दराजले यीबाहेक सनिमा बैंक, एनआईसी एशिया बैंक, नाबिल बैंक, र स्टाण्डर्ड चार्टर्ड बैंकसंग पनि साझेदारी गर्ने तयारी गरेको छ ।