बुटवल-लोकसेवा आयोगले यसअघि स्थगित गरेका परीक्षा साउनदेखि शुरु गर्ने भएको छ।
आयोगले आज मंगलबार सूचना निकालेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने जनाएको हो।
आयोगले खरिदार, नायब सुब्बा, अधिकृत र उपसचिवस्तरका प्राविधिक र अप्राविधिक पदका प्रथम र द्वितिय चरणका लिखित परीक्षा कार्यक्रम सञ्चालन गर्ने उपसचिव एकनारायण शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।