काठमाडौं । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले आफ्नो सेवा बुटवलमा विस्तार गरेको छ । पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सेवा सुरु गरेको कम्पनीले विस्तारै अन्य जिल्लामा इन्टरनेट विस्तार गरिरहेको छ ।
कम्पनीका अनुसार बुटवलको सिद्धबाबा चोक, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदबारी, भाटभटेनी लाइन लगायतका १८ भन्दा बढी स्थानमा इन्टरनेट सेवा उपलब्ध भएको छ ।
आगामी दिनमा आवश्यकता अनुसार अझ विस्तार गर्दै जाने कम्पनीले जनाएको छ । हालसम्म ३०, ४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध छ । चाँडै नै २०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने तयारी कम्पनीको छ ।
त्यतिमात्रै नभएर कम्पनीले कम्बो प्याकेज पनि सञ्चालन गरिरहेको छ । यसअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् ।
यस्ता छन् प्याकेज: