गत बुधबार अमेरिकी जर्नल साइन्स एडभान्सेसमा प्रकाशित अनुसन्धानमा सर्पको खुट्टा भएको जनाइएको छ। सर्पका जीवाश्मको नयाँ अध्ययनबाट सर्पहरुको खुट्टा भएको पत्ता लागेको हो।
अनुसन्धानमा सर्पका हाड, खोपडीजस्ता अंगहरुको अध्ययन गरिएको थियो। अध्ययनअनुसार पहिलेका सर्पहरु अहिलेकाभन्दा तुलनात्मक रुपमा ठूला खालका हुन्थे।
७० करोड वर्षयता देखि भने सर्पहरुको खुट्टा हराउन थालेको अनुसन्धानमा बताइएको छ।