बुटवल-रुपन्देहीमा दुई वटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलीगढ स्थित भित्री सडकमा लु ५९ प ४७२३ र लु ३ प ७६२६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा तिलोत्तमा १४ बगुधाराका २५ वर्षीय बलिराम चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजकुमार बैदवारले बताए।
उनको उपचारको क्रममा मणिग्राम रहेको क्रिमशन अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा परी तिलोत्तमा १४ का २१ वर्षका बल बहादुर चौधरी, तिलोत्तमा ७ का २६ वर्षमा गोबिन्द चौधरी र २२ वर्षका सुदिप चौधरी घाइते भएको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको क्रिमशन अस्पतालमा उपचार भईरहेको छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर थप घटनाका बारेमा अनुसन्धान गरेको छ।