बुटवल-कपिलवस्तुमा एकजना मृत अवस्थामा फेला परेका छन्। कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ मैनारीको भटनी खोला किनारमा अन्दाजी ४०-४५ वर्षको पुरुषको शव फेला परेको हो ।
उनको सनाखत हुन नसकेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रवक्ता राजकुमार वैदवारका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय गणेशपुरले अनुसन्धान गरिरहेको छ।