कपिलवस्तु–कपिलवस्तुका एक घरधनीले १ महिनाको भाडा घुट गरेका छन् । वाणगंगा ४ कपिलवस्तुमा रहेको मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय जीतपुरका घरधनी सूर्य बहादुर मल्लले एक महिना बराबरको घरभाडा छुट दिएका हुन् ।
कोरोनाको कहरबीच विपन्न तथा न्यून आय भएका सदस्यहरुलाई घरदैलोमा वित्तीय सेवा पुर्याउँदै आएको संस्थालाई आर्थिक भार कम गर्ने उद्देश्यले एक महिनाको घर भाडामा सहुलियत दिएको घरधनी मल्लले बताए ।
लकडाउनका कारण अर्थतन्त्र ओरालो लागेको र असहज अवस्थालाई ध्यान दिएर संस्थाको पिरमर्का बुझेर अभिभावकको भूमिका निर्वाह गरेकोले घरधनीलाई सधन्यवाद सहित प्रशंसा पत्र दिइएको शाखा प्रबन्धक गोपाल सुवेदीले जानकारी दिए ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ ।
सरकारको आदेश तथा नियम पालना गरी शाखा कार्यालयहरु मार्फत सेवा प्रवाह गरिरहेको छ । साथै बिभिन्न स्थानीय तहहरुको समन्वय तथा सहकार्यमा खाद्यान्न तथा आर्थिक सहयोग पनि गरिरहेको छ । त्यस्तै, घरभाडा सहुलियत रकम स्थानीय तहहरुकै राहतकोषमा सहयोग गर्ने संस्थाले जनाएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लामा १२० शाखा कार्यालय र वनगाउँ अनुगमन कार्यालय दाङ अन्तर्गत कपिलवस्तुमा २ शाखा सहित ६ जिल्लामा १० शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।