भैरहवा-रुपन्देही प्रहरीले विभिन्न समयमा चोरी भएका तथा हराएका मोबाइल फेला पारेर मोबाइलधनीहरुलाई हस्तान्तरण गरेको छ ।
विभिन्न कम्पनीका मोबाइलहरु चोरी भएको तथा हराएको भनी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजतलास गरी फेला परेको मोबाइलहरु सम्बन्धित मोबाइलधनीहरुलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।
आइएमआई ट्रेस र सीडीआर ऐनालाइसीसीमार्फत फेला परेका १० थान मोबाइल मंगलबार मोबाइलधनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवामा बोलाएर हस्तान्तरण गरिएको खत्रीले जानकारी दिए ।