बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिनहरु हटाएपछि निर्मलीकरण गरेको छ। विद्यालयबाट क्वारेन्टिनहरु हटाएपछि विद्यालयहरुलाई निर्मलीकरण गर्न थालेको हो।
मंगलबार तिलोत्तमा नगरपालिकाले शंकरनगरमा रहेको दुर्गादत्त माध्यमिक विद्यालयमा निर्मलीकरण गरेको छ। सो विद्यालयका कक्षाकोठा, शौचालय, चमेनागृह र विद्यालय परिसरलाई निर्मलीकरण गरिएको नगरपालिकाका प्रेस सल्लाहकार वीपी गौतमले बताए।
उनका अनुसार सो विद्यालयमा रहेको क्वारेन्टिन वनवाटिकाभित्र रहेको शहीद पार्कमा सारिएको छ।