बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दोश्रो कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकालिएको छ। अर्घाखाँची मालारानी गाउँपालिकाकी २२ वर्षीया महिलाको शल्यक्रिया गरेर बच्चा निकालिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
लुम्बिनी प्रादेशिक अस्पतालका सर्जन डा विष्णु गौतमको नेतृत्वमा शल्यक्रिया भएको हो। ४ किलो तौल भएको बच्चा र बच्चाकी आमाको स्वास्थ्य सामान्य छ।
यसअघि पनि रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया महिलाको शल्यक्रिया गरी बच्चा जन्माइएको थियो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरुको परिवारको अनुरोधमा घरमै आइसोलेशन बस्ने र केही दिनपछि बच्चा र आमाको पीसीआर परीक्षण गर्ने सहमतिमा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा घर पठाइएको डा गौतमले बताए।