अर्घाखाँची-जिल्ला कारागार अर्घाखाँचीमा रहे्का एकजना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी रामप्रसाद पाण्डेको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए।
मुटुको समस्या रहेका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। शनिबार साँझ एक्कासी शरीर सुन्निन थालेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।