नेपालगञ्ज-बाँकेबाट ४१ जना कोरोना मुक्त भएर घर फर्कने भएका छन्। स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेबाट आईतबार ११ जना प्रहरी सहित ४१ जना डिस्चार्ज हुँदै छन्।
उनीहरु लगातार १४ दिन आइसोलेसनमा रहँदा कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेश श्रेष्ठले बताए।
बाँकेमा आज सम्ममा १ हजार २४४ जना डिस्चार्ज भईसकेका छन्। ३३६ जनाले बिभिन्न आइसोलेसनमा बसेर आइसोलेसन अवधि पुरा हुने अवधि कुरिरहेका छन्।