बुटवल-रुपन्देहीमा सेफ्टी ट्याङ्कीमा डुबेर एक जना बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खड्क बहादुर खत्रीका अनुसार सिद्धार्थनगर १० का १० वर्षीय बालक सुग्रीम कुर्मीको मृत्यु भएको हो।
शनिबारदेखि सम्पर्कविहिन भएका बालक छिमेकी श्रवण लोनियाको निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा डुबेको अवस्थामा फेला परेका थिए।