बुटवल-तालिम तथा रोजगार व्यवसायी महासंघ रुपन्देहीको प्रथम अधिवेशनले ठाकुर घिमिरेको अध्यक्षतामा नेतृत्व चयन गरेको छ।
घिमिरेको अध्यक्षतामा चयन भएको समितिमा सुशीलबाबु श्रेष्ठ उपाध्यक्ष, सुनिता अर्याल उपाध्यक्ष, मीन राना सचिव, प्रविन श्रेष्ठ कोषाध्यक्ष र हिमलाल बस्याल सहसचिव रहेका छन्। यस्तै हेमा बेल्वासे केसी, राकेश थारु र घनश्याम भुसाल सदस्य रहेका छन्।
प्रदेश न ५ का सचिव अरुण अर्यालको अध्यक्षता र सल्लाहकार प्रकाश रानाको प्रमुख आतिथ्यता र जीएस गुरुड र शान्ति शर्माको आतिथ्यतामा कार्यक्रम भएको थियो।