भैरहवा–रुपन्देहीको एक सहकारीले २५ विद्यालयलाई थर्मल गन प्रदान गरेको छ । रुपन्देहीको ओमसतिया स्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी सस्थाले कार्य क्षेत्र भित्र रहेका सबै विद्यालयलाई एक एक थान थर्मल गन प्रदान गरेको हो ।
आर्थिक कारोबार बाहेक सामाजिक कार्यमा पनि अग्रसर रहेको संस्थाले कोभिड–१९ कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै खुल्ने क्रममा रहेका सस्थागत र सामुदायिक विद्यालयहरुलाई ज्वरो नाप्ने यन्त्र थर्मल गन वितरण गरिएको संस्थाका अध्यक्ष डिबी थापाले बताए ।
आफ्नो कार्य क्षेत्र सविकको पडसरी हाटी फर्साटिकर, चिल्हिया, मधवलिया, टिकुलिगढ र करहिया अन्तर्गत रहेका २५ वटा विद्यालयलाई जोखिममा पठनपाठन गर्न गराउन स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा सहयोग पुगोस भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक विद्यालयलाई एक थर्मल गन वितरण गरेको सस्थाका मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले जानकारी दिए ।
दिनानुदिन संक्रमण बढ्दै गइरहेको र कोभिडको जोखीम कायम रहीरहेकोले अध्यननरत छात्रछात्राको स्वास्थ्यलाई मध्यनजर गरेर हामीले शरीरको तापक्रम ज्वरो नाप्ने थर्मल गन प्रदान गरेको हो ।
यसलाई विद्यालय परिसरमा आउने सबै विद्यार्थी, शिक्षक तथा अभिभावकको तापक्रम मापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
यूवा तथा सामाजिक उपसमितिको संयोजनमा भौतिक रुपमा कक्षा सञ्चालन भइरहेको विद्यालयलाई प्रमुख अतिथी ओमसतिया गाँउपालिकाका अध्यक्ष हिरा केवट राहुल, शिक्षा शाखा प्रमुखद्वय हरि पोखरेल, सुधिर पौडेल लगायतले विद्यालयका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरेका थिए ।