बुटवल- उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशको चौथो बैठक प्रदेश राजधानी दाङको भालुवाङ्ग स्थित पौवा होटलमा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि केशवप्रसाद शर्माले उपभोक्ता हित संरक्षण मञ्चका गतिविधिहरु तीव्र बन्दै गएको र सरकारमा समेत गम्भीर प्रभाव परेको भन्दै अबका दिनहरुमा प्रदेश कार्यालय खोल्ने, हरेक गाउँ नगरपालिकामा मञ्च गठन गर्ने, ऐन तथा नियमावाली बनाउन सहयोग गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, श्रोत व्यवस्थापन गर्ने, परिचय पत्र बनाई वितरण गर्ने जस्ता काममा ध्यान पु¥याउन आव्हान गरेका थिए।
बैठकमा संस्थाका केन्द्रीय सदस्य वसन्त शर्माले प्रदेशबाट प्रकाशित हुने हरेक अनलाइन, प्रिन्ट मिडिया तथा टेलीभिजनहरुमा मञ्चको प्रभावकारी हस्तक्षेप हुनु पर्ने बताएका थिए । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य तथा वरिष्ट उपभोक्ताकर्मी डिआर घिमिरेले प्रदेश सरकारमा नीति तथा कार्यक्रम बनाउन सहयोग गर्ने, अनुगमनको लागि दबाब दिने र प्रपोजल तयार गरेर व्यवस्थित रुपमा श्रोत परिचालन गरी कार्यक्रम सञ्चालन गर्ने, उपभोक्ता सचेतीकरणको लागि एउटा हेन्ड आउट तयार गर्ने विषयमा सुझाव राखेका थिए ।
कार्यक्रममा सचिव दुर्गाप्रसाद गौतमबाट अध्यक्ष तेजकुमार पाठकको परामर्शमा प्रस्ताव गरिएका पूर्व कार्य समीक्षा, गाउँ÷नगरपालिकाका समिति विस्तार, ऐन तथा कानुन निर्माणको लागि सहयोग, भावी कार्य योजना, समितिको पदपूर्ति विषयमा छलफल भएको थियो । त्यसरी नै आजीवन उपभोक्ताको पक्षमा काम गरी निर्वाण प्राप्त गरेका उपभोक्ताका पिता नर्बु लामा नथाकको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो ।
कार्यक्रममा प्रदेश सदस्यहरु प्रभात ठकुरी, घनश्याम पौडेल, चिन्तामणि पौडेल, सरस्वती ढकाल, ऋषि आजादले भए गरेका कामहरुको विवरण प्रस्तुत गर्दै आगामी कार्ययोजनाको लागि सुझाव दिएका थिए । अध्यक्ष र सचिवले उक्त विवरणहरु तथा सुझावहरुको संकलन गरी निर्णयको रुपमा अभिलेख राखेका थिए ।
कार्यक्रममा सल्लाहकार प्रमुखको रुपमा डिआर घिमिरे र अधिवक्ता यमलाल खनाललाई सल्लाहकार सदस्यको रुपमा सहवरण गरिएको छ । कार्यक्रम उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता सरस्वती ढकालको स्वागत र दुर्गाप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।