बुटवल- अंग्रेजी नयाँ बर्ष सन २०२१ र नेपाली टोपी दिवसको अवसरमा बुटवलको एम्स कलेजमा रक्तदान कार्यक्रम भएको छ। कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी शुभचित्कहरु राष्ट्रिय टोपीका साथ रक्तदानमा संलग्न भएका थिए। राजमार्ग चौराह स्थीत कलेज परिसरमा भएको कार्यक्रममा १ सय १ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक यज्ञप्रसाद न्यौपानेले जानकारी दिए।
कार्यक्रममा बुटवल ९ का वडाअध्यक्ष विष्णु थापाले कलेज गरेको रक्तदान कार्यको प्रशंसा गरेका थिए। क्याम्पस प्रमुख दीपक ढकालले अन्य शिक्षण सस्थाहरु मध्ये एम्सले अत्याधिक रक्तदान कार्यक्रम गरि पुरस्कृत हुँदै आएको जानकारी गराए।
एम्स एजुकेशन फाउन्डेशनका अध्यक्ष गोपाल प्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठ, क्यासका अध्यक्ष राम प्रकाश प्रकाश पाण्डे, एम्स आल्मुनाईका उपाध्यक्ष राजिव खानाल, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, वडा सदस्य शिव प्रसाद अधिकारि, भिम लाल श्रेष्ठ, विद्यार्थी लक्षिता खनाल लगायतले आफ्ना भनाइ राखेका थिए।