बुटवल- बुटवल ११ देविनगरमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको बाह्रौ वार्षिक साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले राधा पन्थ सुवेदी अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। जसको उपाध्यक्षमा पुष्कर भुसाल, सचिवमा दिपक भट्टराई, कोषाध्यक्षमा ज्योति श्रेष्ठ, सदस्यहरुमा मोहन पौडेल, शिवराज अधिकारी, दुर्गा प्रसाद अर्याल र पार्वती थापा रहेका छन्।
साधारण सभा तथा अधिवेशनले संघकी अध्यक्ष लक्ष्मी पोखरेलले प्रस्तुत गरेको वार्षिक प्रतिवदेन, कोषाध्यक्ष दिपक भट्टराइद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारीत गरेको छ। कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष मोतिलाल पाण्डे, सघंका संस्थापक संरक्षक एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतम, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, प्राध्यापक संघ इकाई अध्यक्ष द्धारिका गौतम लगायतले आफ्ना भनाइ राखेका थिए।
सो अवसरमा पुर्वक्याम्पस प्रमुख प्रा.डा. ईश्वर गौतमलाई कदरपत्रले सम्मान गरिएको थियो। त्यस्तै संघका पुर्वअध्यक्षहरु रतन गिरी, दल बहादुर श्रेष्ठ, सहायक प्रशासक कपिल गौतम लगायत अतिथि तथा कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।