बुटवल - कसौधन युवा समिति बुटवलले पाल्पाको रुपा प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिकसँगै आवश्यक सामग्री सहयोग गरेको छ। पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटमा रहेको रुपा प्राविमा अध्ययनरत २४ जना बालबालिकाहरुलाई झोला, कपी कलम, खाजा, मास्क लगायतका सामग्री सहयोग गरेको समितिले जनाएकाे छ। त्यसैगरी विद्यालयको पुर्वप्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाकाे लागि पीफर्म र कार्पेट समेत सहयोग गरिएको युवा समितिका अध्यक्ष राकेश कुमार कसौधनले जानकारी दिए।
ति सामग्री एक कार्यक्रमकाबीच समितिका अध्यक्ष कसौधनले विद्यालयका प्रधानाध्यापक पर्शुराम शर्मालाई हस्तान्तरण गरेका हुन्। प्रधानाध्यापक शर्माले विद्यालयल तथा विद्यार्थीलाई शैक्षिक तथा अन्य आवश्यक सामग्री सहयोग गरेर युवा समितिले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा समितिका संस्थापक अध्यक्ष धर्मेन्द्र कसौधन, महिला समितिका अध्यक्ष पुनम कसौधन, उपाध्यक्ष प्रियंका कसौधन, सचिव अमृत कसौधन, कोषाध्यक्ष दिपककुमार कसौधन लगायतले समितिले समाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रमहरु सक्रिय रुपमा गर्दे जाने बताए। समितिका युवाहरुले संकलन गरेको २६ हजार रुपैया बढीको शैक्षिक सामग्री सहयोग गरिएको समितिका कार्यक्रम संयोजक धर्मेन्द्र कुमार कसौधनले जानकारी दिए।