बुटवल- रुपन्देहीको तिलोत्तमा–६ बाह्रनम्बरमा रहेको मेदिनी आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि जाडोको न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ। बालबालिका तथा विद्यार्थीको सहयोगका लागि स्थापित किवानीज क्लव अफ रुपन्देही लुम्विनीले मेदिनी आधारभुत विद्यालयमा रहेका करिव एक सय विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेको हो।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरि किवानीजले विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट र कपि कलम सहयोग गरेको हो। मेदिनी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगत पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक मनोज धिताल, क्लवका निर्वतमान अध्यक्ष सुरज पंगेनी, कार्यवहाक अध्यक्ष कमल कंडेल, विद्यालयका प्रधानाध्यापक सिता पौडेल लगायतले साना–साना बालबालिकाहरु अध्ययन गर्ने मेदिनी विद्यालयका विद्यार्थीलाई विभिन्न सामाजिक संघसंस्थाले गर्ने सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै सानो सहयोगले विद्यार्थीमा शैक्षिक अध्ययनमा ठुलो हौसला मिलेको बताएका थिए।
यसअघि किवानिजले विद्यालयमा खानेपानीको धारा जडान गरि सहयोग गरेको क्लबका निरन्जन धितालले जानकारी दिए।