बुटवल -बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनीसम्म परिदर्शन गर्न सकिने बुटवल– १३ जितेश्वरी सामुदायिक वनको पाणिनि थुम बाँझीका रुख भन्ने स्थानमा बुटवल भ्यू पार्क बनाउन एक उपभोक्ता समिति गठन भएको छ ।
बुटवल उपमहानगरपालिकाले विनियोजन गरेको पाँच लाख बजेटलाई रिटेनिङ वाल लगाउनका लागि वडा नम्बर १३ का उपस्थित उपभोक्ताहरुको रोहवरमा बुटवल भ्यू—पार्कको गठन भएको छ । उक्त नव गठित अध्यक्ष पदमा जीवनाथ अर्याल निर्वाचित भएका छन् । सचिवमा मधुकला कुँवर, कोषाध्यक्षमा शोभाकर पोखरेल, सदस्यहरुमा रिता घिमिरे, रीता भट्टराई, शान्ति श्रीस, एकराज पाण्डे, पिताम्बर भण्डारी, कृष्णप्रसाद रेग्मी, ध्रुव थापा, ऋषिराम आचार्य आजाद लगायत रहेका छन् । भेलाले अनुगमन समितिमा जङ्गबहादुर श्रीस पुरुषोत्तम घिमिरे, पुरुषोत्तम बस्याल र राधा योगीलाई चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष नारायणप्रसाद पुन, बुटवल उपमहानगरपालिकाको कार्यकारी सदस्य विष्णुकुमारी शर्मा,वडा सदस्य सरस्वती परियार,वडा सदस्य वेदप्रसाद गैरे,नेकपाका नेता पुरुषोत्तम घिमिरे,नेपाली कङ्ग्रेसका वडा इकाई समितिका अध्यक्ष पुरुषोत्तम बस्याल, जिओलोजिकल पार्कका अध्यक्ष डिआर घिमिरे,जितेश्वरी सामुदायिक वनका अध्यक्ष जङ्गबहादुर श्रीसको उपस्थिति रहेको थियो ।
पाणिनि पार्कको गुरु योजनाभित्र पर्ने बुटवल भ्यू पार्क लगायतका पाँचवटा परियोजनाहरु छन् । ती परियोजनाभित्र बाल उद्यान, जितगढी पार्क, ग्रामीण संग्राहलय, योग साधना केन्द्र छन् । अन्य विभिन्न स्थानमा पिकनिक स्पोर्टहरु बनाउने लक्ष्य रहेको पाणिनि उद्यान जितगढीका सहसचिव पुनाराम घिमिरेले बताए ।