भैरहवा– जनमत पार्टी सम्मरीमाईको प्रथम गाउँपालिका अधिवेसनले काशीराम यादवको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरेको छ। जस्को उपाध्यक्षमा दुर्गावती केवट, सचिवमा जसाई धवल रहेका छन। असुरैनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष जितेन्द्र नाथ शुक्ला बब्लुले मर्चवारबासीलाई झुक्याउन र प्रलोभनमा पार्न कसैले नसक्ने बताए।
उनले जनप्रतिनिधि भएको करिब ४ वर्षे सम्म आफूले सबैलाई समान व्यवहार गरी गाउपालिकामा घरघरमा ग्यास सिलिण्डर पु¥याएको बताए। आउने समयमा सबै विद्यालयमा फ्रि वाईफाई, घरघरमा इन्डक्स चुल्हो र औधोगिक विकास गरी सयौँलाई रोजगारीको सृजना गर्ने जानकारी दिए।
पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र यादवले लामो समय देखि शासकवर्ग, अंहकारवाद तानाशाहीले शासन गरेको भन्दै अब जनमत पार्टी नै विकल्प रहेको बताए। कार्यक्रममा जनमत पार्टी रुपन्देहीका अध्यक्ष रामकेश गुप्ता, केन्द्रिय नेता आनन्द गुप्ता, पल्लबी शुक्ला, सहाबुद्धिन देवान, जगरनाथ कुर्मी लगायतले सम्बोधन गरेका थिए।