बुटवल- रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजनाको आयोजानमा श्रवण दृष्टिविहिनताका भएका व्याक्ति, तीनका अभिभावक तथा सरोकारवाला निकायहरुको विचमा अन्र्तरक्रिया तथा गमनशिलता तालिम प्रदान गरिएको छ। तालिम समापन कार्यक्रममा रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसीले सिकेको सिपलाई व्यवहारमा लागू गरी श्रवण दृष्टिविहिनता भएका व्याक्तिहरुको दैनिक सिकाई क्रियामा सहयोगी बन्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल नेत्रहिन संघ केन्द्रीय कार्यालयको श्रवण दृष्टिविहिन परियोजानका संयोजक शंकर चैसीरले श्रवण दृष्टिविहीनता भएका व्याक्तिहरुको अवस्था, उनीहरुलाई गर्ने क्रियाकलाप, अभिभाव तथा समाजको भुमिकाको विषयमा सहजीकरण गरेका थिए। सोही कार्यक्रममा रुपन्देही नेत्रहिन संघ श्रवण दृष्टिविहिन परियोजना बुटवलका कार्यक्रम संयोजक प्रेम आचार्यले परियोजनाले गर्दै आएको काम, आगामी दिनको योजनाको विषयमा प्रकाश पारेका थिए।
श्रवण दृष्टिविहिन परियोजनाका सहजकर्ता टिकाराम पौडेलका अनुसार तालिम तथा अन्तरक्रिया कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न तहमा रहेका श्रवण दृष्टिविहिनता भएका बालबालिका, उनका अभिभावकहरुको सहभागीता रहेको थियो। तालिम समापन कार्यक्रममा योगेन्द्र थापा, संमन्वय समितिका अध्यक्ष टिकाराम भुषाल लगायतले आ आफ्नो भनाई राखेका थिए।
तालिममा सेतो छडी प्रयोग सम्बन्धी तालिम, भान्सामा के कसरी काम गर्ने, कम्युटरको आधारभुत ज्ञान, मोवाईल चलाउने तरिका लगायतका विषयमा प्रशीकरण प्रदान गरिएको थियो ।