बुटवल- बुटवलको अमरपथमा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाले आफ्ना पदाधिकारीहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ। सहकारी बारे चेतना जागृत गराउने उदेश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिए।
तालिममा सहकारीको नीति नियमबारे जानकारी गराइएको थियो। बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले तालिममा सहभागीहरुलाई सहजिकरण गरेका थिए। कार्यक्रममा मुक्तीप्रसाद श्रेष्ठ, गकुल विश्वकर्मा लगायतले आ–आफ्ना भनाइ राखेका थिए।