बुटवल–नेपाल मगर संघ बुटवल समितिले फागुन १५ गते मगर एकता दिवसलाई विविध कार्यक्रम गरी मनाउने भएको छ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल मगर संघ बुटवल कमिटि अध्यक्ष थर्क बहादुर बारघरे मगरले यहि फागुन १५ गते मगर एकता दिवसको अवसरमा बुटवलको अस्पताल लाईनमा झाँकी, भेषभुषा सहितको कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
सोही कार्यक्रममा बिबिसीको १००औं जना महिलाको सूचीमा समावेश भएकी सपना रोका मगरलाई विशेष सम्मान कार्यक्रम समेत तय गरिएको नगर अध्यक्ष थर्क बहादुर बार घरे मगरले जानकारी दिए।
नेपाल मगर संघका केन्द्रीय कोषाध्यक्ष कमला थापा मगरले लुम्बिनी प्रदेशको नामाकरण भएपनि मगरात प्रदेश हुुनुपर्ने माग भएको बताईन्।
यस्तै मगर भाषालाई पाठ्यक्रममा समावेश गरिनुपर्ने, स्थानिय पाठ्क्रम मगर समुदायको पहिचानलाई समेत समेटिनुपर्ने, आसन्न जनगणनामा मागर समुदायको जनसांख्यकीय विवरण पूर्ण रुपमा सत्य तथ्यमा आधारित हुनुपर्ने, नेपालका प्रथम सहिद लखन थापा मागरलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने लगायतका माग नेपाल मगर संघले राखेको छ।