बुटवल–१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला मञ्च नेपालले बुटवलमा र्याली सहित कार्यक्रम गरेको छ। नयाँ गाउँबाट सुरु भएको कार्यक्रम जितगढीको दुर्गामन्दीरमा पुगेर समापन भएको थियो। र्यालीमा सहभागीहरुले महिलालाई सम्मान देउ, महिलालाई सुरक्षा देउ, समान कामको समान ज्याला कायम गर लगायतका नारा लगाएका थिए।
र्यालीपछि आयोजित कार्यक्रममा श्रमिक महिलाहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा १४ वर्षदेखी ट्याक्सी चलाउँदै आएकी सुमन चौधरी, लामोसमय विद्यालयमा कार्यालय सहयोगी काम बाल बच्चा पालेकी र हाल गाली पालन गरेकी बुटवल १३ कि जुनाकुमारी सापकोटा र घर निर्माणको काम गर्दै आएकी शान्ति उप्रेतीलाई सम्मान गरिएको महिला मञ्च नेपालकी अध्यक्ष मधुकला कुँवरले जानकारी दिइन्।
कार्यक्रममा बुटवल उपमहानगरका कार्यपालिका सदस्य विष्णुकुमारी शर्मा, वडा सदस्य बेदप्रकाश गैरे, दुर्गामन्दीर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरे, लायन्स क्लब अफ सिर्जनशिल बेलबासकी अध्यक्ष विमला गैरे लगायतले आ आफ्ना भनाई राखेका थिए।