बुटवल– संयुक्त राज्य अमेरिकामा उत्पादन भएको मसलफर्म न्युट्रिसनको शाखा बुटवलमा उद्घाटन गरिएको छ । काठमाण्डौ बाहिर प्रदेश नं. ५ को पहिलो शाखाका रुपमा बुटवल ट्राफिक चोकस्थित बुद्धपथमा औपचारिक रुपमा मसलफर्मको शाखा डि एण्ड डि न्युट्रिसन उद्घाटन गरिएको हो ।
अमेरिकामा सन २००६ मा उत्पादन शुरु भएको यो न्युट्रिसयन टप टेन ब्राण्डमा पर्ने गर्दछ । शारीरिक सुगठनका खेलाडी अर्जुन वर्नवालले मसलफर्म न्युट्रिसन काठमाडौमा भित्राएका थिए । मिष्टर धर्म श्री र दोस्रो मिष्टर बुल्समेन उपाधि विजेता वर्नवालको लाजिम्पाटमा नेप न्युटेसन मुख्य शोरुम रहेको छ । यो कम्पनीले विकसित, निमार्ण, बजार र ब्राण्डेड पोषक पुरक उत्पादन गर्दछ ।
बुटवलमा शारीरिक सुगठनका रुपन्देहीका खेलाडी तारा थापाको लगानीमा शाखाबाट सेवा सुभारम्भ भएको हो । यहाबाट पुरुषका लागि मास गेनर, प्रोटिन सिरिज, प्रि वर्क आउट ईनर्जी डिङ्क, फिस आयल, मल्टीभिटामिन, वेट एण्ड फ्याट लस, रिकभरी प्रि एण्ड पोष्ट, प्रोटिन बार उपलब्ध हुने तथा महिलाहरुको लागि फिटमिस अल सिरिज समेत उपलब्ध भएको उनले बताए । जिम एक्टिभिटिसंगै खाना, काम, आरामलाई समेत ध्यान दिनुपर्ने उनको सुझाव छ । उनि बुटवल पश्चिमाञ्चल श्री का २०७३÷०७४ को विजेता हुन । एउटा सामान्य मानिस र शारीरिक सुगठन गर्ने ब्यक्तिले खाने खानामा फरक हुने वर्नवाल बताउछन । बडी मास ईन्डेक्सको आधारमा ब्यालेन्स डाईट उपभोग गर्नुपर्ने उनको सुझाव छ । शरीरको बजन बढाउन, मासपेशीहरु बढाउन, शरीर फुतिलो बनाउन, एक्ससाईज गर्दा हुने मासपेशीका कोषिकाहरु हस हुनबाट जोगाउन, मासपेशी उत्पादन हुने कोषिकाहरु बढाउन, बजन र बोसो घटाउन, मुटु, दिमाग आखा, हड्डि बलियो बनाउन र शरीरमा कुनै पनि पोषण पदार्थको कमी आउन नदिने काम यसले गर्दछ । बुटवल स्वरुममा स्पोटर््स सम्बन्धि सामग्रीहरु समेत उपलब्ध हुनेछन ।