बुटवल - हाटबजार व्यवसायी संघ जिल्ला शाखा, रुपन्देहीले मंगलबार रक्तदान कार्यक्रम गरेको छ । संघको १५ औं वार्षिक साधारणसभाको अवसर पारेर २६ औं नियमित रक्तदान कार्यक्रम गरेको हो। कार्यक्रममा ५० जनाले रक्तदान गरेको संघका अध्यक्ष टेक बहादुर जिसीले जानकारी दिए। जिसीले रगतको अभावले कुनै पनि विरामीले ज्यान गुमाउने अवस्था आउन नदिन व्यवसायीहरूले नियमित रूपष्मा रक्तदान गर्दै आएको बताए।
संघले समय–समयमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। सानो पूँजी लगानी गरी हाटबजार व्यवसायीहरू स्वरोजगार बनेका छन्। कार्यक्रममा संघका उपाध्यक्षद्धय कृष्ण प्रसाद पौडेल, शोभा पोखरेल, महासचिव हुमाराम पोखरेल, कार्यक्रम संयोजक भीष्म अर्याल लगायतले बोलेका थिए। संघको साधारणसभा यहीँ चैत २४ गते हुँदैछ। रुपन्देहीका विभिन्न ठाउँमा लाग्ने हाट बजारमा व्यवसायीहरूले सानो लगानी गरी स्वरोजगार भएका छन।
हाटबजारमा व्यवसायीहरुले स्थानीय सरकारले हाटबजारको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउँदै आएका छन्। कार्यक्रममा पूर्व उपाध्यक्ष छविलाल चापागाई, पूर्व माहासचिव नेत्र पोखरेल, लगायत संघका पदाधिकारी र सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको आर्थिक सहयोग तुलसी काफ्ले कोपिला सापकोटा र पूर्णबहादुर क्षेत्रीले गरेका थिए।