सैनामैना : सैनामैना नगरपालिकाको आयोजनामा सैनामैनाका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तथा कानुनी विषयमा तालिम सम्पन्न भएको छ ।
सैनामैनामा महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत तालिम संचालन भएको हो । महिला सम्बन्धी कानुनी ज्ञानको अभावले समाजमा महिला हिसां बढ्दै गएको सैनामैनाका उपप्रमुख बिना रानाले बताइन् ।
समाज परिर्वतनका लागी महिला जागरुता आवश्यक रहेको बताउदै उपप्रमुख रानाले सैनामैनमा महिला लक्ष्ति कार्यक्रम गर्दै आएको बताइन् । महिलाको क्षमता बिकास गर्न सके मात्र समाजमा सकारत्मक परिर्वतन आउने सैनामैना न.पा वार्ड न ३ का वार्ड अध्यक्ष रत्न बहादुर पौडेलले बताए ।
कानुनी सचेतनासंगै नेतृत्व बिकास तालिममा सहभागी भएर धेरै बिषयको ज्ञान पाएको सहभागीहरुले बताए । यस प्रकारको कार्यक्रमले आफुहरुलाई महिलाको कानुनी अधिकारको बिषयमा जानकारी भएको सहभागीहरुको प्रतिक्रिया थियो ।
कार्यक्रमा सैनामैना नगरपालिकाका न्यायिक समितिका सबिता भुषाल भण्डारी, सैनामैनाका महिला बिकास शाखाका तुल्सा ज्ञवाली, डिला राना लगायतले महिला अधिकारका बिषयमा बोलेका थिए ।
३ दिने सचेतना कार्यक्रममा ईन्दिरा अर्याल र रिमा बि.सीको प्रशिक्षण रहेको थियो भने नगरपालिकामा दर्ता भएका बिभिन्न आमा समुहका करिब ३० जना अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको थियो ।