बुटवल - बुटवल सुख्खानगरमा रहेको कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले एक दिने शहकारी शिक्षा तालिम सम्पन्न गरेको छ। ६४ औं सहकारी दिवसको अवसरमा संस्थामा आबद्धहरुको लागि तालिम कार्यक्रम आयनेजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्यालले सहकारीमा आबद्धहरुलाई यस सम्बन्धी ज्ञान आवश्यक पर्ने बताउनुभयो । उहाँले आफूले लिएको ज्ञान अरुलाई पनि बाँड्न आग्रह गरे ।
संस्थाका अध्यक्ष लक्षमण आचार्य क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी बहुउद्देश्यि सहकारी संस्थाका अध्यक्ष ध्रुव धिताल, कल्याणकारी सहकारीका संस्थापक सल्लाहकार नवराज श्रेष्ठ, उपाध्यक्ष डोलराज पाण्डे लगायतले बोल्दै सहकारीबारे जानकारी सबैले लिनुपर्ने बताएका थिए।
तालिममा ४० जना जतिको सहभागीता रहेको तालिम कार्यक्रमका संयोजक यज्ञप्रसाद पंगेनीले जानकारी दिए। सहभागीहरुलाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधव देबकोटाले सहकारीका सिद्धान्त, महत्व लगायतका बारेमा प्रशिक्षण दिएका थिए।
यसैबीच कार्यक्रममा सहकारीद्वारा प्रकाशित २०७८ सालको भित्तैपात्रो पनि विमोचन गरिएको थियो ।