भैरहवा : टुगा आस्था विकास साकोसले वृक्षरोपण गरेको छ । ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर साकोसले भैरहवा बुटवल सडक खण्डको मिडियनमा फूलको विरुवा रोपण गरेको हो ।
ओमसतिया–१, कटैयामा रहेको कार्यालयले आफ्नो क्षेत्र अगाडिको ५० मिटर क्षेत्रमा वृक्षारोपण गरेको छ । सिद्धार्थ राजमार्गको ६ लेन सडकमा हरियालीको अनुभुत गराउन र वातावरणको संरक्षणमा केही भए पनि सहयोग होस भन्ने उद्धेश्यले वृक्षारोपण गरिएको साकोसका अध्यक्ष डि.बि. थापाले जानकारी दिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुलले वातावरण सुधार गर्ने उद्देश्यका साथ सकारात्मक सोचले सबैको विकास गर्न साकोसले वृक्षरोपण जस्तो सराहनिय काम गरेको बताए ।
अहिले भएको मानवीय कामले नै प्रदुष्ण बढेकोले जनजीवन प्रभावित भएको छ, अर्थिक मात्र नभई वातावरणिय सामाजिक क्रियाकलाप जस्तो सकारात्मक सोचले प्रदुषण नियन्त्रण गर्नु र गाँउपालिका क्षेत्र हरियाली बनाउन यस्ता कामले सहयोग पुग्ने बताए ।
हामीले गाँउपालिका क्षेत्र भित्र रहेको साढे ३ किलोमिटर सडकमा हरियाली गराउने अभियान गर्न लागेका छौ, यसका लागि बोटविरुवा मलजलको व्यवस्था गरेकोले सहभागी भई वृक्षरोपण गरेर संरक्षण र सुरक्षा गर्न आग्रह गरे ।
त्यस्तै विशिष्ट अतिथी शेयर सदस्य तथा ओमसतिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बेल बहादुर बरालले सबै काम जनप्रतिनिधीले गरेर सम्भव नभएकोले वातावरणीय काममा सबैले सहभागी भई सडकलाई हरियाली गराउन आग्रह गरे ।
हामीले सहयोग, समन्वय गरिदिन्छौ जलमल र सुरक्षा दिनका लागि वडाबासी खट्नु पर्ने बताए । बृक्षरोपण जसले पनि गर्छ तर दिगोपन दिनका लागि आमासमूह वा सस्थागत रुपमा कसरी हुन्छ लाग्नु पर्ने बताए ।
संस्थाका अध्यक्ष डि.बि.को अध्यक्षता तथा धन्यावाद, उपाध्यक्ष पर्शुराम बास्तोलाको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले गरेका थिए ।
साकोसले मुख्य कार्यालय अगाडि रहेको सडको ग्रीनरी क्षेत्र र मिडियनमा २ सय विभिन्न प्रजातिका फूलको विरुवा लगाएको छ ।