रेसुङ्गा भुवनपानी रुपन्देही सम्पर्क समाजको आयोजनामा भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना कार्यक्रम भएको छ । कार्यक्रममा समाजका जेष्ठ सदस्य पुण्यप्रसाद खनालले नयाँ वर्षको शुभकामना दिदै २०७८ सालको भित्तेपात्रो विमोचन गरेका थिए।
समाजका अध्यक्ष ऋषिराम खनालको अध्यक्षता तथा सचिव प्रेमप्रसाद खनालको सञ्चालनमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष नरप्रसाद खनाल, बचत परिलान समितिका अध्यक्ष नारायण मरासिनी, सल्लाहकार तिकलराम खनाल लगायतले शुभकामना व्यक्त गर्दै यस प्रकारको भेटघाटले समाजमा सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गर्न सकिने हुँदा नियमित रुपमा समाजिक कृयाकलाप संचालन गर्नुपर्ने बताए ।