बुटवल। तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सिमानामा रहेको योगिकुटी चोकमा होटल द बुटवल भ्यू सञ्चालनमा आएको छ।
होटलको प्रदेश ५ सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे। होटलको उद्घाटन कायृक्रममा प्रमुख अतिथि मन्त्री गिरीले होटलको संचालन भन्दा मुख्य कुरा पर्यटन मैत्री बनाउन सुझाव दिए। उनले पर्यटनलै समृद्धिको प्रमुख आधार भएकाले यसको प्रवद्र्धनमा निजी क्षेत्रको मुख्य भुमिका रहने बताए।
मन्त्री गिरीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले पुर्वाधारको क्षेत्रमा लगानी बढाउदै लगेको र यसमा निजी क्षेत्रले आफ्नो ब्यवसायलाई पर्यटन मैत्री बनाउदा समृद्धिमा टेवा पुग्ने बताए।
कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माले होटल तथा रेष्टुरेन्ट ब्यवसायी लाई कानूले तोकेको प्रक्रियामा आउन सुझाव दिए।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बुटवलमा होटल तथा रेष्टेरेन्ट ब्यवसायको संख्या बढदो संगै गुणस्तरियता समेत कायम हुदै गएको बताए।
नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का कार्यवाहक अध्यक्ष भरत के.सी.ले होटल ब्यवसायलाई पर्यटन ब्यवसायको रुपमा बिकास गर्न सुझाव दिए।
आन्तारिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको उक्त होटल ५ जना लगानीकर्ताहरु रहेको संचालक समितिका अध्यक्ष यक बहादुर गाहाले जानकारी दिए। होटलको अन्य लगानीकर्ताहरुमा बुद्ध बहादुर सुर्यबंशी, खेम बहादुर थापा, मदनलाल बस्याल र विनोद कुमार नेपालीको संयुक्त लगानीमा सञ्चालनमा आएको हो।
होटलका अध्यक्ष यक बहादुर गाहाले रु. ६ करोडको लगानीमा होटल सञ्चालनमा ल्याइएको बताए। होटलमा नेपाली, चाईनिज, जापानिज, कन्टिनेन्टल खानाका स्वादिस्ट परिकारहरु पाईने बताए । होटलमा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन।
पैतीस वटा बातानुकुलीत (एसी) सहितका कोठाहरु रहेको र लाईभ म्युजिक सहितको क्लव, ४ सय र १ सय ५० जना क्षमताका दुई वटा हलहरु समेत रहेका छन् ।