बुटवल- सडक डिभिजन बुटवल अन्तर्गतका राजमार्ग लगायतका सडकहरुको नियमित मर्मत संभार एवं सडक दुर्घटना न्युनिकरणका सम्बन्धमा लेन्थवर्कर तथा सुपरभाइजर तालिम सम्पन्न भएको छ । सडकहरुमा समय समयमा देखिने पटहोल लगायतका विभिन्न खाल्डाखुल्डीहरु नियमित मर्मत संभार गर्न, लेन्थवर्कर सुपरभाइजरहरुलाई उत्प्रेरणा जगाउन यस्ता तालिम कार्यक्रम गरिएको सडक डिभिजनले जनाएको छ ।
कार्यक्रममा संघीय सडक सुपरीवेक्षण तथा अनुमगन कार्यालय पोखराका प्रमुख सुपरीन्टेन्डेन्ट ईन्जिनयर देव कुमार तामाङले सडक डिभिजन अन्तर्गतका सडक मर्मत संभार एवं सडक दुर्घटना न्युनीकरण अन्त्य गर्नका लागि लेन्थवर्कर सुपरभाईजरहरुको भुमिका उल्लेख्य रहेको बताए।
सडक डिभिजन बुटवलका ईन्जिनयर अशोक पौडेलले तालिमको सहजिकरण गर्दै सडकको नियमित मर्मत संभारमा कुनै विषयमा कन्जुस्याई नगरी अग्र पंक्तिमा काममा तैनाथ हुन सम्पुर्ण लेन्थवर्कर सुपरभाइजरहरुलाई अभिप्रेरित गरे।
सडक डिभिजन बुटवलका प्रमुखु जयलाल मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा लेन्थवर्कर सुपरभाइजरको तर्फबाट मंगरु केवट, जलतरङ सिंह थारु, राजेन्द्र मरासिनीले सडक मर्मत संभारमा खटिने जनशक्तिलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सडक डिभिजनका इन्जिनियर दुर्गा गौतम, लेखा अधिकृत रविराज पौडेल, कम्पयुटर अपरेटर प्रेम प्रसाद खनालले आ आफ्ना भनाइ राखेका थिए।