भैरहवा –भैरहवा क्षेत्रमा नियमित विधुत आपुर्ति गराउन मर्निङवाक ग्रुपले बिएमजीले नेपाल विधुत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ। पछिल्लो समयमा विना जानकारी लामो समय विधुत जाने, ट्रिपिङ तथा भोल्टेजको समस्या देखिएकाले सो समस्या समाधानका लागि भैरहवा क्षेत्रको अग्रज वर्ग र नागरिक समाजहरुको समूह भैरहवा मर्निङवाक ग्रुपले ध्यानाकर्षण गराएको हो।
यस क्षेत्रमा भएको आम नागरिकको समस्या, विकृतिहरुको पहिचान गर्दै बिएमजी समूहले सम्बन्धित संघ सस्था र सारेकारवाला निकायलााई अवगत गराई सचेत तथा ध्यानाकर्षण गराउदै आएको छ। पछिल्लो समय भैरहवा क्षेत्रमा नियमित रुपमा बिधुत नआएपछि बिएमजी समूहले विधुत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झालाई ध्यानाकर्षण गराइएको समूहका सस्ंथापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले बताए।
उनले अघोसित लोडसेडिङको नाममा विधुत कार्यालयबाट अत्याचार र तानाशाही प्रवृति भइरहेको, देश चारै तिर अस्तव्यस्त भइरहेको समयमा हामीले जे गरेपनि हुन्छ प्रवृतिले जनताले सास्ती भोग्नु परेको गुनासो गरे। ३ तहको सरकारको हुदा पनि विधुत कार्यालय चौथो सरकार हुन खोजेको जस्तो प्रवृति देखा परेको भन्दै सस्थाले अत्याचार पूर्ण तरिकाले विुधतको लोडसेडिङ नगर्न आग्रह गरेको जनाएको छ ।
नेपाल विधुत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झाले ३३ केभीए लाइन बिधुत बुटवल कोरिडोरबाट आउने भएकोले सो ठाँउबाट नै आपूर्तिमा अवरुद्ध हुदा यस वितरण केन्द्रबाट सेवा अवरुद्ध हुने गरेको बताए । ‘हाम्रो काम वितरण गर्ने हो प्रसारण र उत्पादन हामी बुटवल ग्रिडबाट आएको विधुत सप्लाईलाई गर्छौ, वास्तवमै यहा समस्या छ यस्को प्रमुख कारण ड्राई सिजन हो’ उनले भने । विगत केही दिनमा ३३ केभिए लाइन अपडाउन भन्दै यस्को जानकारी बुटवल ग्रीड र केन्द्रमा पनि गराएको झाले बताए।