रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तरगत ६ लेन सडकमा सञ्चालित बायोटेक प्रविधीको आधुनिक सौचालयको सुभारम्भ गरिएको छ। आनन्दवन शंकरनगर खानोपानी तथा उपभोक्ता सरसफाई संस्थाले सौचालय निर्माण गरेको हो।
बायोटेक प्रविधीको सौचालयको उद्घाटन गर्दै राष्ट्रिय सभा संसद तथा एमाले नेता गोपाल भट्टराईले सरकारले संचालन गरेको खुल्ला दिशामुक्त अभियान र खानेपानी तथा सरसफाईको अबधारणा अनुसार पूर्ण सरसफाई मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताए।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले शौचालय संचालनसंगै अव सो क्षेत्रमा आवत–जावत गर्नेहरुलाई सहज भएको बताए। उनले शौचालयलाई नियमित रुपमा सरसफाई, मर्मत संभार र नियमित ब्यबस्थापन गरि २४ सै घण्टा खुल्ला राखी सेवा दिनुपर्ने जरुरी रहेकोले त्यसतर्फ गम्भिर हुन आग्रह गरे ।
यस अघि शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले योगिकुटीदेखि डाइभरटोलसम्मको सडकमा बायोटेक सौचालय बनाएको थियो। अहिले आनन्दबन शंकरनगर खानेपानीले ड्राइभरटोल देखि शंकरपुरसम्म निर्माण गरेको हो । त्यसभन्दा दक्षिणतर्फको स्थानमा समेत निर्माण कार्य सम्पन्न हुन लागेको नगरप्रमुख घिमिरेले बताए ।
आनन्दबन शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सडक किनारमा १० वटा शौचालय निर्माण गरेको छ। जसमध्ये आफ्नै कार्यालयमा एउटा, नयामिल स्थित दुर्गा मन्दिरमा एउटा, तिलोत्तमा वार्ड नम्बर ६ को कार्यालय नजिक एउटा र अन्य सडकको छेउछाउमा ७ वटा गरि १० वटा स्मार्ट शौचालय निर्माण गरिएको संस्थाका अधय्क्ष केशवराज न्यौपानेले बताए। करिब ५८ लाख को सहलागानिमा निर्मित सो शौचालयमा बायोटेक प्रविधी अपनाईएको छ।
शौचालयमा शुरुमै व्याक्टेरिया राखिने हुनाले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी भएको न्यौपानेको भनाइ छ।
तिलोत्तमा स्थित लुनासा इमानिजेशन प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो । २४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था रहेको बायोटेक प्रविधीको सार्वजनिक शौचालय उपभोक्ता समितिका उपाध्यक्ष किशोर कुमार क्षेत्रिले बताए । त्यस्तै शौचालयमा प्रयोगका लागि सावुन, टावेलको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।
कार्यक्रममा रुपन्देही खानेपानी महासंघका अध्यक्ष धुर्व धिताल, तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष तामानाथ पाण्डे, करहिया मक्रहर संयुक्त खानेपानी सस्थाका अध्यक्ष यज्ञ गैरे, नेपालि कांग्रेसका तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे लगायतले बोल्दै खानेपानी सस्थाले सरसफाईलाई समेत अगाडी लैजान गरेको रचनात्मक र सामजिक कार्यले सबैलाई फाइदा पुगेको बताएका थिए।