बुटवल - नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना संक्रमणबाट निधन भएका पत्रकार हिक्मत चौधरीको परिवारसँग भेटघाट तथा किरिया खर्चका लागि आर्थिक सहयोग गरेको छ । शनिबार स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा ५ मणिग्राम स्थित निवासमा पुुगेर महासंघको टोलीले सात्वना दिदै काजकिरियाका लागि २५ हजार १ सय रुपैयाँ सहयोग गरेको हो ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्व. पत्रकार चौधरीका श्रीमती उदयदेवीलाई सहयोग रकम हस्तान्तरण गरे ।उक्त अवसरमा अध्यक्ष पोख्रेलले पत्रकार चौधरीको निधनले रुपन्देहीको पत्रकारिता क्षेत्रले असल पत्रकार गुमाएको भन्दै परिवारलाई समवेदना दिए । महासंघले पत्रकार कोरोना तथा आपतकालिन कोषबाट उक्त रकम सहयोग गरेको जनाएको छ ।
पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका पत्रकार चौधरीको जेठ ५ गते उपचारका क्रममा मृत्यूू भएको थियो । पत्रकार महासंघ रुपन्देहीले संस्थागत रुपमा स्व. चौधरीको उपचारका लागि अस्पताल, चिकित्सकसँग आवश्यक समन्वय र सहयोग गरेको थियो । भेटघाट तथा सहयोग हस्तान्तरणमा उपाध्यक्ष विश्वास ढकाल, अर्का उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात तथा कार्यसमिति सदस्यहरुहरु मोहन न्यौपाने, प्रकाश पाण्डे र कमला पाण्डेको उपस्थिती थियो । स्व. पत्रकार चौधरीको २ छोरा, ४ छोरी र श्रीमती छन् ।