बुटवल - राष्ट्रिय युवा संघ नेपाल देवदहले विपन्न मजदुर बर्गलाई राहात वितरण गरेको छ। देवदह नगरपालिका वडा नम्बर ४, ६ र ११ का दैनिक ज्यालादारी गरिखाने मजदुर वर्गलाई खाद्यान्न सामाग्री वितरण गरेको संघले जनाएको छ।
कोरोना संक्रमण व्यापक रुपमा फैलिरहेको र नियन्त्रणका लागि निषेधाज्ञा जारी रहदा दैनिक ज्यालादारी गरि खाने मजदुर वर्गलाई प्रत्यक्ष असर परिरहेको कारण रोगले भन्दा भोकले कोहि नमरुन भन्ने उदेश्यले खाद्यान्न सहयोग गरेको राहत वितरण समितीका संयोजक विकास गहतराजले बताए। हाल सम्म ७० घर धुरी लाई राहत वितरण गरिएको उनले जानकारी दिए ।