बुटवल-एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत प्रदेश ५ अन्तर्गतका शाखाहरुबाट झण्डै ३८ लाख रुपियाँ बीमा रकम दाबी भुक्तानी गरेको छ। बैंकको प्रदेश ५ अन्तर्गत रहेका विभिन्न शाखाहरुबाट ३७ लाख ९८ हजार ७ सय ५९ रुपियाँ बीमा दावी रकम भुक्तानी गरिएको हो।
बैंकले औषधि उपचार बीमा दावी अन्तर्गत ३८ जनालाई १७ लाख दुई हजार ५ सय ४७ रुपैयाँ भुक्तानी गरेको छ। त्यस्तै घातक रोग अन्तर्गत एकजनालाई १५ लाख र दुर्घटना बीमा अन्तर्गत ५ जनालाई ५ लाख ९६ हजार दुई सय १२ रुपियाँ भुक्तानी गरेको बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीले बताए।
बैंकले अर्घाखाँची शाखाबाट चमत्कारी बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका बुद्धिराम भुसाललाई १५ लाख रुपियाँ बीमा दावी भुक्तानी गरेको हो। त्यस्तै सुनवल शाखामा न्यू प्रिमियम समुन्नत बचत खाता खोलेका देउप्रसाद गुरुङलाई दुर्घटना बीमा अन्तर्गत ४ लाख ९१ हजार २ सय ५३ रुपियाँ प्रदान गरेको छ।
त्यस्तै बुटवल शाखामा सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोलेका भुमादेवी खनाललाई औषधि उपचार अन्तर्गत एक लाख ३५ हजार बीमा दावी भुक्तानी गरेको गरिएको छ।
त्यस्तै मुर्गिया शाखामा सुपर चमत्कारिक बचत खाता खोलेका मननाथ गौतमलाई औषधि उपचार अन्तर्गत एकलाख ३५ हजार र ड्राइभरटोल शाखामा सुपर चमत्कारिक तलव बचत खाता खोलेका विष्णु प्रसाद भुसाललाई औषधि उपचार अन्तर्गत १ लाख ३५ हजार रुपियाँ बीमा दावी भुक्तानी गरेको प्रदेश प्रमुख कार्कीले बताए।
बैंकले सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोल्ने १८ जना, सुपर चमत्कारित तलव बचत खाता खोल्ने १५ जना, चमत्कारिक तलव बचत खाता खोल्ने ५ जना, चमत्कारिक बचत खाता डायमण्ड खोल्ने ३ जना, सुपर चमत्कारिक नारी बचत खाता खोल्ने २ जना र न्यू प्रिमियम समुन्नत बचत खाता खोल्ने एक जनासहित ४४ जना ग्राहकलाई बीमा दावी भुक्तानी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रदेश ५ प्रमुख कार्कीले बताए।
त्यस अवसरमा बैंकका प्रदेश प्रमुख कार्कीले ग्राहक धनमाया थापालाई औषधिउपचार बीमा दावी अन्तर्गत १७ हजार ७ सय रुपियाँको चेक हस्तान्तरण गरेका थिए।
भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न सक्ने उद्देश्यले प्रचलनमा ल्याएको सुपर चमत्कारी बचत खाता योजनाले ग्राहकको आर्थिक भार कम गर्न महत्वपूर्ण टेवा पुग्ने प्रदेश प्रमुख कार्कीले बताए। कार्यक्रममा बीमा बापतको रकम बुझ्दै खातावाला ग्राहक भुसालले खाता खालेरै बैंकले थुप्रै सुविधा दिएकोमा खुसी व्यक्त गरे।