भक्तपुर– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन्।
बोडेमा मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाएका हुन्।
‘आलमलाई प्रहरी लगाएर पक्राउ गरी काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु भएको छ’ सभापती देउवाले भने,‘१२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले काङ्ग्रेसलाई प्रहार गर्न थालेको छ।’
कार्यक्रममा तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा लागि परेको बताए।
‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्, काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो’ उनले भने।