काठमाडौं । माधव नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग गर्दै नेकपा एमालेका सांसदले सभामूखको कक्षबाहिर धर्ना दिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित सभामुख कक्षबाहिर खगराज अधिकारी, महेश बस्नेत सहितका केही सांसदले धर्ना दिएका हुन् । यसअघि गत भदौ १ गते पार्टी विभाजन गर्न अघि बढेको भन्दै नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरेको थियो।
सभाममूख अग्नी सापकोटाले आफूले अध्ययन गरिरहेको बताउँदै आएका छन् ।