बुटवल । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत मागेका छन् । ४ बजे शुरु भएको नवौं अधिवेशनको पाँचौं बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका हुन् ।
प्रदेश सभा परिसरमा यतिबेला निर्वाचनको तयारी चलिरहेको छ । विश्वासको मतको प्रस्तावको पक्ष र विपक्षका लागि दुई लहरमा टेबल मिलाएर राखिएको छ । सांसदले प्रस्तावको पक्षमा अर्थात् हुन्छ र प्रस्तावको विपक्ष अर्थात् हुन्न भनेर मत व्यक्त गर्नेछन् ।
मुख्यमन्त्री केसीले विश्वासको मत मागिरहँदा प्रदेश सभामा प्रतिपक्ष नेकपा एमालेका सांसदको उपस्थिती शुन्य रहेको छ । एमालेले प्रदेश सभाको नवौ अधिवेशनको तेश्रो बैठकमा नाराबाजी गरेपछी केहीबेरमै स्थगित भएको थियो। एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदद्वय अजयबहादुर शाही र बिमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ ।





