काठमाडौं-निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको छ ।
झापा निवासी सन्ध्या तिवारीले नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ भनी निवेदन दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा कुरा उठाएका थिए । केही सदस्यहरुले 'पार्टी अध्यक्ष केपी ओलीसँग यसबारेमा सरकारलाई के जानकारी छ ?' भन्दै जवाफ माग गरेका थिए । अध्यक्ष ओलीले आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको जवाफ दिएका थिए ।
“अध्यक्षले मेरो पार्टी नेकपा हो, मलाई त्यसबारेमा केही जानकारी छैन भन्नुभयो,”-स्थायी कमिटी सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरुसँग भने ।