काठमाडौँ नेकपा एमाले विभाजन गरेर छुट्टै पार्टी दर्ता गर्नका लागि माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदहरुले आज निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन्। माधवकुमार नेपालको नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ता गर्न ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका हुन्।
केन्द्रीय सदस्य वा संघिय सांसद मध्ये २० प्रतिसत पु¥याएमा नयाँ दल दर्ता गर्न सक्ने गरि केही दिन अघि अध्यादेश जारी भएको थियो । त्यसकै आधारमा एमाले विभाजन गरेर माधवकुमार नेपालले नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए।
एमालेमा रहेका २७ प्रतिसत जतिले सनाखत गरेकाले माधव नेपालको नयाँ पार्टीले आधिकारिकता पाउने सम्भावना छ । नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेका छन्।